arrow

बेलायतमा कोरोनाको दोस्रो लहर : मृतकको सङ्ख्यामा आएन कमी

logo
सिन्ह्वा,
प्रकाशित २०७७ माघ २८ बुधबार
corona-england.jpg

लन्डन । बेलायतमा केही महिना अघिदेखि सुरु भएको कोरोना भाइरसको दोस्रो लहर तथा पछिल्ला केही हप्तामा देखिएको कोरोनाको नयाँ स्वरूपको भाइरसपछि मृत्यु हुनेको सङ्ख्यामा कमी आएको छैन ।

यहाँ यो भाइरसबाट मृत्यु हुनेको सङ्ख्या करिब सात महिना पछिकै धेरै देखिन थालेको यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।लगायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ ले मङ्गलवार सार्वजनिक गरेको तथ्याङ्क अनुसार गएको २४ घण्टामा थप १ हजार ५२ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या १ लाख १३ हजार ८५० जना पुगेको पनि बताइएको छ । यहाँ अहिले पनि सङ्क्रमणको सङ्ख्या बढी रहेका समाचारहरू आइरहेका छन् । मृतक तथा कोरोना सङ्क्रमितको सङ्ख्या पहिलेका तुलनामा केही कमी देखिएको भए पनि उल्लेखनीय रूपमा कमी आउन भने सकेको छैन ।

यहाँ नयाँ स्वरूपको भाइरसको सङ्क्रमण सुरु भएको केही हप्ता अघिको तुलनामा सङ्क्रमित सङ्ख्या कम देखिए पनि उल्लेख्य रूपमा कमी आउन भने सकेको छैन । यहाँका स्वास्थ्य सम्बन्धी अधिकारीहरूले दिएको जानकारी अनुसार गएको २४ घण्टामा १२ हजार ३६४ जना सङ्क्रमित थपिएका छन् ।

यहाँको सरकारी तथ्याङ्कमा उल्लेख भएअनुसार योसँगै बेलायतमा यो भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ३९ लाख ७२ हजार १४८ जना रहेको छ । यसै गरी बेलायतबाट प्राप्त भएको अर्को एक समाचारमा बेलातमा मङ्गलवार सम्मको तथ्याङ्कमा यहाँका १ करोड २० लाखभन्दा बढी नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ ।



लोकप्रिय समाचार
नयाँ