कांग्रेसले भागरथी हत्याको अध्ययन गर्न खटायो रमेश लेखकलाई
प्रकाशित २०७७ माघ २९ बिहिबार
188
Shares
काठमाडौं । नेपाली कांग्रेसले बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरिएको घटना अध्ययनका लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । सभापति शेरबहादुर देउवाले भागरथी हत्या प्रकरणको अध्ययनका लागि केन्द्रीय सदस्य रमेश लेखकलाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाएका हुन् ।
घटनाबारे स्थलगत अध्ययन गरी यथार्थ प्रतिवेदन पेश गर्न सभापति देउवाले नेता लेखकलाई केन्द्रीय प्रतिनिधिका रुपमा बैतडी खटाएको केन्द्रीय कार्यालयले जनाएको छ । घटनाबारे स्थलगत अध्ययन गरी यथार्थ प्रतिवेदन पेश गर्नका लागि सभापतिज्यूको निर्देशानुसार उनलाई केन्द्रीय प्रतिनिधिका रुपमा बैतडी खटाइएको पत्र लेखकलाई दिइएको छ।
गत माघ २१ गते विद्यालयबाट घर फर्किने क्रममा बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको सनातन धर्म उच्च माविकी छात्रा भागरथीको बलात्कारपछि हत्या भएको थियो ।
भागरथीको हत्या भएको एक साता पुगिसक्दा पनि बैतडी प्रहरीले हत्यामा संलग्न कसैलाई पनि पक्राउ भने गर्न सकेको छैन ।
डीआईजीको नेतृत्वमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।