प्रधानमन्त्री ओलीको बचाउमा अधिवक्ता: प्रधानमन्त्रीले सहयोग नपाएकै कारण विघटन
प्रकाशित २०७७ माघ २९ बिहिबार
133
Shares
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथि प्रधानमन्त्री केपी ओलीको पक्षबाट बहस सकिएको छ। बिहीबार आठ जना अधिवक्ताले प्रतिनिधि सभा विघटनका पक्षमा बहस गरेका हुन्।
सरकारको निर्णयको प्रतिरक्षामा बहस गर्ने वकिलले प्रधानमन्त्रीले काम गर्न नपाएकाले संसद विघटन गरेको बताएका छन् ।
संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई विघटनको अधिकार हुने तर्क उनीहरुको छ । अधिवक्ता धर्मराज रेग्मीले संसदबाट ओलीले सहयोग नपाएकै कारण विघटन नै एक मात्र विकल्प भएको दाबी गरे।
अधिवक्ता बाबुराम दाहालले नेपालमा प्रधानमन्त्रीय शासन पद्धति रहेकाले प्रधानमन्त्रीले आफुखुशी सरकार चलाउने बताए । सर्बोच्च अदालको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनको पक्षको बहस सकिएसँगै सभामुखकातर्फबाट बहस सुरु भएको छ।