arrow

रुसी खोपलाई २६ देशमा अनुमति

logo
एएनआई,
प्रकाशित २०७७ माघ ३० शुक्रबार
corona-vaccine1.jpg

मस्को ।  कोरोनाभाइरस विरुद्ध रुसमा विकास गरिएको खोप प्रयोगका लागि विश्वका २६ देशमा अनुमति दिइएको छ ।

रूसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ) ले रुसी खोप स्पुत्निक-भी प्रयोगका लागि २६ देशले अनुमति दिएको शुक्रबार जनाएको छ ।

“अहिलेसम्म विश्वका २६ देशका अधिकारीहरूले स्पुत्निक-भीको प्रयोगका लागि अनुमति दिइसकेका छन्,” आरडिआइएफद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

यति धेरै देशहरुले कोरोनाविरुद्ध लड्नका लागि स्पुत्निक-भीको प्रयोग गर्न अनुमति दिइएकाले यो खोप विश्वकै धेरै लोकप्रिय खोप अन्तर्गत परेको अधिकारीहरूको भनाइ छ ।

उनीहरूका अनुसार धेरै माग गरिएका मध्ये तेस्रो क्रममा स्पुत्निक-भी खोप परेको छ ।



लोकप्रिय समाचार
नयाँ