arrow

ट्रम्पमाथि लागेको महाअभियोग असफल

logo
प्रकाशित २०७७ फागुन २ आइतबार
donald-trump1.jpg

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको दोस्रो पटकको महाअभियोग पनि असफल भएको छ । महाअभियोग पारित हुन ६७ सिनेटरको आवश्यक भएकामा ५७ मतमात्र परेको थियो । महाअभियोगको विपक्षमा ४३ मत परेको छ । 

गत ६ जनवरीमा ट्रम्पको निर्देशनमा उनका समर्थकहरुले संसद भवनमा हमला गरेपछि उनीमाथि अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले महाअभियोग लगाएको थियो ।

सिनेटमा महाअभियोग पारित हुनका लागि आवश्यक दुई तिहाइ मत जुट्न नसकेपछि असफल भएको छ । महाअभियोगमाथिको बहस सकिएर शनिबार राति मतदान भएको थियो ।

यसअघि तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले जनवरी १३ मा ट्रम्पमाथिको महाअभियोग प्रस्ताव पारित गरेको थियो । 

ट्रम्प दोस्रो पटक पनि आफूलाई जोगाउन सफल भएका छन् । यसअघि सन् २०१९ को अन्त्यमा शक्तिको दुरुपयोगसहितको आरोपमा उनीमाथि महाअभियोग लागेको थियो । 

ट्रम्प अमेरिकी इतिहासमा दुईपटक महाभियोग लाग्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् । तर दुवै पटक महाअभियोगको मुद्दा असफल भएको छ । 



लोकप्रिय समाचार
नयाँ