काठमाडौं । अदालतको अवहेलना मुद्दा लागेका चार पूर्वप्रधानन्यायाधीश लिखित जवाफसहित आफैं सर्वोच्च अदालतमा हाजिर भएका छन् ।
पूर्वप्रधान्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्की अदालतको अवहेलना सम्वन्धि मुद्दामा सोमबार आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका हुन् ।
चार पूर्वप्रधानन्यायाधीशहरुले प्रतिनिधि सभा विघटनको निर्णयलाई असंवैधानिक कदम भन्दै संयुक्त वक्तव्य जारी गरेका थिए । सो विषयमा उनीहरु बिरुद्ध अदालतमा विचाराधिन मुद्दामा वक्तव्यवाजी गरेको भन्दै अवहेलना सम्वन्धि मुद्दा दायर भएको थियो ।
दायर मुद्दाको विषयमा १५ माघमा न्यायाधीश मनोज शर्माको इजलासले प्रारम्भिक सुनुवाइ गर्दै चार पूर्व प्रधानन्यायाधीशलाई बाटोको म्यादबाहेक ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।