हुम्ला । चामल बोकेको ट्याक्टरबाट खसेर एक महिलाको मृत्यु भएको छ । चामल लिएर सिमिकोट बजारबाट बुराउँसे गाउँतर्फ जाँदै गरेको लु अ अ भ१०१४ नम्बरको ट्याक्टरबाट खसेर सिमिकोट गाउँपालिका- २७ वर्षकी उपाल लामाको मृत्यु भएको हो ।
सिमिकोट बजारबाट चामल बोकेर बुराउसे जाने क्रममा हुमाने खोला नजिकै चिसामुल भन्ने ठाउँमा ट्याक्टरबाट खसेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
चामल बोकेको ट्याक्टर पछाडि बसेकी लामाको खसेर मृत्यु भएको प्रहरी कार्यालय हुम्लाले जनाएको छ । मृतक लामाको लास प्रहरीले मुचुल्का गरी जिल्ला अस्पताल हुम्ला लगिएको छ ।