काठमाडौं । विभागीय टिम सशस्त्र प्रहरीको एपीएफले राष्ट्रिय महिला लिग फुटबलको उपाधि जितेको छ । दुई खेलअघि नै एपीएफले उपाधि जितेको हो । एपीएफले अपराजित यात्रालाई कायम राख्ने क्रममा एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार विराटनगर महानगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्यो ।
एपीएफको जितमा अनिता केसीले निर्णायक गोल गरिन् । जितसंगै च्याम्पियन एपीएफले अन्तिम खेल शुक्रबार खेल्नुअघि ११ औं जित निकालेको छ ।
जारी लिगमा अपराजित एक्लो टिम एपीएफले ११ खेलमा ३३ अंक जोडेको छ । बुधबार नै भएको खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबसँग बराबरी खेलेपछि एपीएफ दुई खेल अघि नै च्याम्पियन बनेको हो ।
उपविजेता आर्मीले ११ खेलमा २६ अंक जोडेको छ । विराटनगर १६ अंकसहित तेस्रो तथा पुलिस १५ अंकसहित चौथो स्थानमा छ । लिग शुक्रबार सकिँदैछ ।