काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत बिहीबार राति १६ खेल भएका छन् । अन्तिम ३२ को पहिलो लेगमा इङ्गलिश प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड विजयी भएको छ । टुरिनमा भएको खेलमा युनाइटेडले स्पेनिश क्लब रियाल सोसिडाडलाई ४–० गोल अन्तरले हरायो ।
युनाइटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेसले दुई गोल गरे । मार्कस रास्फोर्ड र डानिल जेम्सले एक एक गोल गरे । जितसँगै युनाइटेडले सहजै अन्तिम १६ मा पुग्ने सम्भावना बलियो बनाएको छ । अब युनाइटेडले घरेलु मैदानमा दोस्रो लेग फेब्रुअरी २६ मा खेल्नेछ ।