काठमाडौं । युरोपा लिग फुटबलको अन्तिम १६ को ड्र सार्वजनिक भएको छ । बिहीबार राति अन्तिम ३२ का खेलहरु सकिएसँगै लिगले शुक्रबार अन्तिम १६ को ड्र सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको ड्रु अनुसार इङ्गलिश क्लबहरु म्यानचेस्टर युनाइटेडले इटालियन क्लब एसी मिलानसँग, आर्सनलले ओलम्पियाकोससँग तथा टोटनह्याम हट्सपरले डाइनामो जाग्रेबससँग खेल्नेछ ।