arrow

भारतबाट थप १० लाख ‘कोभिशिल्ड’ खोप ल्याइँदै 

logo
प्रकाशित २०७७ फागुन ९ आइतबार
corona-vaccine-covid.jpg

काठमाडौं । कोरोना भाइरस विरुद्धको १० लाख मात्रा ‘कोभिशिल्ड’ खोप भारतबाट नेपाल ल्याइँदै छ । आइतबार यो खोप काठमाडौं आइपुग्दैछ । 

भारतको सिरम कम्पनीले उत्पादन गरेको खोप नेपालले किनेर ल्याउन लागेको हो । सरकारले २० लाख डोज खोप किन्ने सम्झौता गरेअनुसार पहिलो चरणमा आइतबार १० लाख डोज आउन लागेको हो । 

सरकारले प्रति डोज ४ डलरमा २० लाख खोप किन्ने सम्झौता गरिसकेको छ । स्वस्थ्य मन्त्रालयका अनुसार एयर इन्डियाको विमानमार्फत दिल्लीबाट खोप काठमाडौं आइपुग्नेछ । 

सरकारले भारतले अनुदानमा दिएको १० लाख खोप गत माघ १४ गतेदेखि लगाउन शुरु गरिसकेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, दोस्रो चरणमा पत्रकार र कुटनीतिक नियोगका कर्मचारी, तेस्रो चरणमा सरकारी कर्मचारी लगायतकाले सोमबारसम्म लगाउँदैछन् । 

अब फागुन २३ गतेदेखि अर्को चरण संचालन हुँदैछ । उक्त चरणमा ५५ वर्ष भन्दा माथिका व्यक्तिलाई लगाइने छ । 



लोकप्रिय समाचार
नयाँ