लन्डन । राजकूमार (डुक अफ एडिनवर्ग) फिलिपको बुढ्यौलीका कारण देखिएको स्वास्थ्य समस्या क्रमशः ठिक हुँदै गइरहेको उनका छोरा तथा बेलायती राजपरिवारको दोस्रो उत्तराधिकारी राजकूमार विलियमले सोमबार बताएका छन् ।
उनान्सय–वर्षीय राजकूमार प्रिन्सको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिन पहिले अस्पताल भर्ना गरी करिब एक हप्ताको उपचारपछि उनको स्वास्थ्य सामान्य हुँदै गएको उनले बताएका थिए ।
सञ्चारकर्मीले ३८ वर्षीय विलियमलाई पूर्वी इङ्ल्याण्डको एक खोप केन्द्रको निरीक्षण तथा अनुगमनका क्रममा सोधिएको प्रश्नमा प्रिन्स फिलिपले अस्पतालमा लगभग एक हप्ता बिताएको बताए।
“अहिले उनलाई ‘ठीक छ ।’ उनीहरू (चिकित्सक)ले उनको स्वास्थ्यको हेरचाह गरिरहेका छन् ।” विलियमले यस जानकारी पछि आँखा भिम्काउँदै पाको उमेरका राजकूमार फिलिपको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको सङ्केत गरे ।
प्रिन्स फिलिप ७३ वर्षदेखि महारानी एलिजावेथ द्वित्तीयको पतिका रूपमा सहकार्य गर्दै आएका छन् । उनलाई गत मङ्गलबार लन्डनको निजी किंग एडवर्ड सातौं अस्पतालमा भर्ना गरिएको थियो । उनको अस्पतालको बसाइलाई बकिंघम प्यालेसले उपचार नभई ‘सावधानीको उपाय’ भनेको छ ।
दरबार स्रोतहरूका अनुसार उनको अस्पताल भर्ना कोरोनाभाइरससम्बन्धी नरहेको र स्वास्थ्य उत्साहजनक रहेको बताइएको छ ।
विलियमका बावु राजकूमार चाल्र्सले शनिबार आफ्ना बावु फिलिपलाई अस्पतालमा भेट्न गएपनि उनको स्वास्थ्यको बारेमा टिप्पणी भने गरेनन् ।