भारतले कोरोना खोप उपलब्ध गराएपछि केभिन पिटरसनले भने : 'मैले प्रेम पाएको छु'
एजेन्सी,
प्रकाशित २०७७ फागुन ११ मंगलबार
218
Shares
नयाँ दिल्ली। कोभिड१९ खोप उपलब्ध गराएको भन्दै दक्षिण अफ्रिकामा भारतको प्रशंसा गरिएको छ। भारतका विदेश मन्त्रीले दक्षिण अफ्रिकालाई कोरोना खोप उपलब्ध गराएको भन्दै गरेको ट्विटमा रिप्लाई गर्दै इङ्गल्यान्डका लागि दक्षिण अफ्रिकी प्रतिनिधि केभिन पिटरसनले भने, "भारतले उदारता र दयालु भाव प्रकट गरेको छ।"
भारतले दक्षिण अफ्रिकामा कोभिड१९ खोपहरू उपलब्ध गराएकोप्रति निकै खसी छु। उनले भनेका छन्, "भारतले मलाई धेरै सिकाएको छ। यो माया, लगाव, ऊर्जा र सत्कार्य अन्य कुनै मुलुकसँग तुलना हुन सक्दैन।"
भारतले विश्वभरका विभिन्न मुलुकहरूमा कोरोनाविरुद्धको खोप उपलब्ध गराएको छ। नेपाललाई भारतले १० लाख डोज खोप उपलब्ध गराएको थियो। पछिल्लो पटक खरिद गरेको १० लाख डोज खोप पनि नेपाल भित्रिएको छ।