arrow

अस्पतालबाटै डा.बाबुराम भट्टराईले लेखे: ‘लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो'

logo
प्रकाशित २०७७ फागुन ११ मंगलबार
baburam5.jpg

काठमाडौं । भारतको नयाँदिल्लीमा स्वास्थ्य उपचार गराइरहेका जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्दा रोग नै हराएझैं भएको प्रतिक्रिया दिएका छन् ।

मंगलबार सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई बदर गरिदिएपछि डा.भट्टराईले सामाजिक संजालमार्फत सुखद संयोग भएको बताका हुन् ।

उनले लेखेका छन् –‘कस्तो सुखद संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदैगर्दा मनचाहिं देशभित्र सर्वोच्चको फैसलातिर थियो ।  हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !’



लोकप्रिय समाचार
नयाँ