अदालतको ऐतिहासिक फैसलाले संविधानको रक्षा भएको छ: डा.शेखर कोइराला
प्रकाशित २०७७ फागुन ११ मंगलबार
230
Shares
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रतिनिधि सभा पुनःस्थापना गर्ने निर्णयले देश राजनीतिक स्थिरतातर्फ लागेको बताएका छन् ।
मंगलबार साँझ सामाजिक संजालमार्फत उनले लेखेका छन् ‘आजको सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संविधानको रक्षा गरेको छ । साथै देश राजनीतिक स्थिरता तर्फ लागेको छ । अदालत दबाबमा नपर्दा आम जनसमुदायमा न्यायलयप्रति गर्व भएको छ।’
दुईदिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा अदालतलाई लक्षित गर्दै दिएको अभिब्यक्तिप्रति आपत्ति जनाएका कोइराला संसद पुनःस्थापना हुनुपर्ने प्रतिक्रिया दिंदै आएका थिए ।
डा. कोइरालाले प्रधानमन्त्रीले विराटनगरमा अदालतका बारेमा गरेको टिप्पणी अत्यन्तै अमर्यादित र गैरजिम्मेवार छ, भनेका थिए ।