पार्टीको लडाइका कारण संसद् भङ्ग गर्नु असंवैधानिक कदम भएको पुष्टिः सचेतक भुसाल
घनश्याम पौडेल,
प्रकाशित २०७७ फागुन ११ मंगलबार
110
Shares
अर्घाखाँची। नेपाली काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले संसद् पुनः स्थापनाको कदम स्वीकार्य भएको बताईन् ।सर्वोच्च अदालतले संसद् पुनः स्थापना गर्ने निर्णय गरेसँगै नेतृ भुसालले ‘सर्वोच्च अदालतको निर्णयलाई काँग्रेसले स्वीकार गर्छ, राजनीतिक दलको आपसी लडाइका कारण संसद् भङ्ग गर्नु असंवैधानिक कदम भएको पुष्टि भएको छ।’
काँग्रेसले सर्वोच्च अदालतको निर्णय स्वीकार गर्ने भन्दै आएको थियो, न्यायपालिका स्वतन्त्र हुनुपर्छ, भुसालले भनिन् । काँग्रेसले संसद् भङ्ग गरेको कदम अंसवैधानिक भन्दै आन्दोलन गरेको थियो, नेतृ भुसालले भनिन् ‘अदालतप्रति नेपाली जनताको विश्वास बढेको छ।’
आज सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनर्स्थापना गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा सहितको पाँच जनाको संवैधानिक इजलासले सो फैसला गरेको हो ।