काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट दुई राजदूतले शपथ लिएका छन् । राष्ट्रपति भण्डारीबाट संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूतद्वय लोकदर्शन रेग्मी र डा निर्मलकुमार विश्वकर्माले बिहिबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा बिहिबार आयोजित विशेष समारोहमा उनीहरुले शपथ लिएका हुन् ।
सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।