कांग्रेस नेता जोशीको अवस्था स्थिर, मस्तिष्कमा जमेको केही रगत निकालियो
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ फागुन १४ शुक्रबार
214
Shares
काठमाडौं। पूर्व मन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको मस्तिष्कमा जमेको केही रगत निकालिएको छ । उनको उपचारमा संलग्न चिकित्सकहरूका अनुसार अहिले उनको अवस्था स्थिर रहेको छ ।
गए राति १२ बजे स्वास्थ्यमा समस्या देखिएपछि नेता जोशीलाई उनको पत्नीको आग्रहमा वीर अस्पताल लगिएको थियो । त्यहाँ 'सिटिस्क्यान' गरेपछि डा. भूपेन्द्र बस्नेतको टोलीले जोशीको अवस्थाबारे विश्लेषण गरेको थियो ।
त्यसपछि उनलाई वीर अस्पतालबाट थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । सो अस्पतालमा पुर्याएपछि राती नै उनको वरिष्ठ न्युरो सर्जन डा. राजीव झाको टोलीले सामान्य शल्यक्रिया गरेको थियो । सो शल्यक्रियाबाट मस्तिष्कमा पाइप राखेर जमेको केही रगत निकालिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
त्यहाँ अहिले उनलाई भेन्टिलेटरमा राखिएको छ । उनलाई मस्तिष्क घात भएको भनिएको छ ।