काठमाडौँ । थप ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या दुई लाख ७४ हजार १४३ पुगेको छ ।
थप दुई हजार ५३२ जनाको पिसिआर परीक्षण गरिएको थियो । हालसम्म पिसिआर परीक्षण गराउनेको सङ्ख्या २१ लाख ६२ हजार ९३६ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७० हजार ४०७ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ८२ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ९६२ सक्रिय संक्रमित रहेका छन् ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मर्नेको सङ्ख्या दुई हजार ७७४ पुगेको मन्त्रालयले जनाएको छ ।