बर्दियामा बाघको आक्रमणमा परि एकको मृत्यु, एक वर्षमा ६ जनाको ज्यान गयो
हरि गुरुङ्ग,
प्रकाशित २०७७ फागुन १७ सोमबार
158
Shares
बर्दिया । बर्दियाको गेरुवा गाउँपालिकाका लालबहादुर थारुको बाघको आक्रमणमा परि मृत्यु भएको छ। सामुदायिक वनमा भैँसी चराउन गएको बेला दिनको करिब १:३० बजे बाघले आक्रमण गरेको बताइएको छ।
बर्दियाको राजापुर नगरपालिका वार्ड नं-१० वर्ष ६२ को लालबहादुर थारु गेरुवा गाउँपालिका वार्ड नं.-४ नौबास मध्यवर्ती सामुदायिक वनमा भैँसी चराउन गएको बेला आक्रमण गरी जङ्गल तर्फ लगेको थियो।
बाघले आक्रमण गरेपछि बर्दिया राष्ट्रिय निकुञ्जबाट हात्ती परिचालन गरी खोज्ने क्रममा निज लाल बहादुर थारुको शव कम्मर भन्दा मुनि पूर्ण रूपमा खाएको अवस्थामा फेला परेको जनाइएको छ।
बर्दिया राष्ट्रिय निकुञ्ज र खाता जैविक मार्गमा बाघको संख्या ८७ पुगेको छ भने खाता जैविक मार्ग र गेरुवा गाउँपालिका क्षेत्रमा एक वर्ष यता ६ जनाको बाघको आक्रमण परि ज्यान गएको छ।