काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद भवनको सोमबार अवलोकन गरेका छन् ।
फागुन २३ गते बोलाइएको संसद अधिवेशनको तयारीको अवस्थाबारे बुझ्न उनी संसद भवनभित्रको अवस्था बुझ्न अवलोकनमा गएका हुन् ।
अवलोकनका क्रममा उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भोलिदेखि दलहरुसँग परामर्श सुरु गर्ने बताए । सापकोटाले संसद सचिवालयले गरेको तयारीप्रति सन्तुष्टि व्यक्त गरे ।
प्रतिनिधिसभाको बैठकमा नेकपाका सांसदहरुको लागि एउटै लहरका कुर्सी व्यवस्थापन गरिएको छ । संसद सचिवालयका अनुसार प्रधानमन्त्री ओली र पुष्पकमल दाहाल प्रचण्ड एउटै लहरमा बस्ने छन् ।
सभामुख सापकोटाले सचिवालयका अधिकारीहरुलाई ओली र प्रचण्ड-नेपाल समूहलाई छुट्टाछुट्टै लहरमा बस्ने व्यवस्था मिलाउन निर्देशन दिएपनि नियमावली अनुसार नमिल्ने भन्दै सचिवालयले एउटै लहरमा मिलाएको हो ।