काठमाडौँ । अमेरिकी संसद्मा भवनमा बिहिवार (मार्च ४)मा आक्रमण हुनसक्ने सूचना मिलेसँगै त्यहाँ सुरक्षा व्यवस्था कडा पारिएको छ ।
अमेरिकी गुप्तचर विभागले अज्ञात समूहले बिहिवार संसद भवनमा छिर्ने र आक्रमण गर्न सक्ने योजना बनाएको सूचना पाएपछि संसद्को बिहिवारको बैठक नै स्थगित गरिएको छ ।
यद्यपि, सिनेटमा भने एजेन्डा अघि बढ्ने बताइएको छ । सिनेटमा बिहिवार, राष्ट्रपति जो बाइडेनद्वारा पेस गरिएको १.९ ट्रिलियन डलरको ‘कोभिड राहत बिल’ माथि बहस गर्ने तयारी छ ।
गत जनवरी ६ मा यसअघि संसद्मा हमला भएको थियो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प समर्थकहरूले संसद्मा प्रवेशसँगै आक्रमण गरेका थिए ।