सन्ध्या तिवारीको निर्वाचन चिन्ह ‘उदाउँदो सूर्य’ नै
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ फागुन २५ मंगलबार
100
Shares
काठमाडौं। निर्वाचन आयोगले नेकपा एकतापछि आयोगमा नेकपा एमाले नामको दल दर्ता गराएकी सन्ध्या तिवारीलाई निर्वाचन चिन्ह ‘उदाउँदो सूर्य’ नै दिने निर्णय गरेको छ ।
सर्वोच्च अदालतको गत आइतबारको फैसलासँगै दलको नाम भने उनले एमाले पाउने छैनन् । उनले दलको नाम नयाँ छान्नु पर्ने तर, चिन्ह भने पहिले नै दर्ता भएको नै पाउने निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
तर, नेकपा एकतापछि माओवादी केन्द्र दर्ता गराएका गोपाल किराँतीले भने दलको नामसँगै निर्वाचन चिन्हसमेत नयाँ नै छान्नु पर्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
उनले पाएको दलको नाम र निर्वाचन चिन्ह सर्वोच्चको फैसलासँगै साबिकको दलको नै कायम हुने हुँदा दलको नाम र चिन्ह नै नयाँ छान्नु पर्ने भएको हो । तिवारीले छानेको चिन्ह भने अन्य दलसँग नमिल्ने उनले जानकारी दिएका हुन् ।
आयोगले मङ्गलवार बसेको पदाधिकारी बैठकमार्फत किराँती र तिवारी दुवै जनालाई नयाँ नाम लिन आउन १५ दिनको समय दिएको छ ।
नेकपा एकतापछि किराँतीको दल दर्ता नम्बर १५३ मा माओवादी केन्द्रका नाममा दर्ता भएको थियो भने दर्ता नम्बर १६० मा तिवारीको नेतृत्वमा एमाले दर्ता थियो ।