काठमाडौं । भारतले कोरोना भाइरसको महामारीको मारमा परेका ६५ देशमा कोरोनाविरुद्धको खोप दिएको छ । भारत धेरै देशमा खोप दिने देश पनि परेको छ ।
भारतले केही देशलाई खोप निःशुल्क दिएको छ भने धेरै जसो देशलाई बेचेको छ । नेपाललाई शुरुआती चरणमा निःशुल्क दिए पनि पछि भने बेचेको छ ।
नेपालजस्तै श्रीलंका, भुटान, माल्दिभ्स, बंगलादेश, म्यानमार र सशेल्सलाई गरी भारतले ५६ लाख डोज भ्याक्सिन निःशुल्क दिएको हो ।
भारतले पछिल्लो समय अर्को छिमेकी पाकिस्तानलाई १ करोड ६ लाख डोज खोप दिने भएको छ ।
भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) कोभिशिल्ड र भारत बायोटेक को–भ्याक्सिन उत्पादन भइरहेको छ ।