काठमाडौं । युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफोर्ड–एस्ट्राजेनेकाले कोरोना खोपले रगत जम्ने खतरा नबढाएको दाबी गरेको छ । उसले रगत जम्ने खतरा बढेको कुनै संकेत नदेखिएको स्पष्ट पारेको छ ।
त्यस्तो खतराको जोखिमस्तर खोप लगाएका र नलगाएका मानिसमा उत्तिकै रहेको जनाएको पनि बीबीसीले लेखेको छ । डेनमार्क र नर्वे लगायत कतिपय देशले सो खोपको प्रयोग स्थगित गरेपछि सो निकायले स्पष्ट पारेको हो ।
डेनमार्क र नर्वेमा थोरै संख्याका मानिसले खोप लगाएपछि रगत जमेको विवरण आएको थियो । त्यसपछि खोप वितरण स्थगित गरिएको थियो ।
त्यस्तै इटालीमा ५० वर्षे मानिसमा कोरोनाको खोप लगाएपछि डीभीटी (डिप भेन थ्रोम्बोसिस) को समस्या भई मृत्यु भएको समेत रिपोर्ट आएको थियो ।