काठमाडौं । रुसी विदेश मामिलामन्त्री सर्गेई लाभ्रोभले यदि अमेरिकाले जापानमा भुमी आधारित मिसाइल प्रणाली तैनाथ गरेको भए त्यसको बदला लिने बताएका छन् ।
शुक्रबार उनले 'अमेरिकाले जपाानमा मिसाइल परिचालन गरेका भए मस्को (रुसको राजधानी)ले बदला लिने थियो' भनेको रोयटर्सले जनाएको छ ।
उत्तरी कोरियाली खतराको संकेतमा जापानमा दुई शक्तिशाली अमेरिकी मिसाइल प्रणाली तैनाथ गर्ने तयारी भएको थियो । तर, पछि जापानले सो योजना रद्द गरेको थियो ।
जापानमा अमेरिकी मिसाइल प्रणाली तैनात गरेको भए बदला लिइने थियो भन्दै लामो समयपछि रुसले प्रतिक्रिया दिएको हो ।