काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०७६-०७७ को प्रतिवेदन शुक्रवार पेस गरेका छन् ।
राष्ट्रपतिसमक्ष आजै महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ता कार्यालयको आव २०७६-०७७ को वार्षिक प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।