काठमाडौँ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राजनीतिबाट विश्राम लिएपछि आफूले यात्रा संस्करण लेख्ने जानकारी दिएका छन् ।
मदन लामा (लामाखुले) को यात्रा संस्करण ‘युरोप यात्राका सम्झनाहरू’ को शुक्रवार यहाँ लोकार्पण गर्दै उनले आफूले चाहँदा राजनीतिबाट विश्राम लिन नपाएको बताए । आफूले विश्राम चाहँदा यस्तो बेलामा भाग्ने भनेर रोकिने गरेको उनको भनाइ थियो ।
पद नछाड्दा पनि कहिल्यै नछाडेको आरोप लाग्ने उनले बताए । उनले भने, “नछाड्दा कहिल्यै छाड्ने भन्ने र छाड्न लाग्दा भाग्यो भन्ने छ ।”
पुस्तकका लेखक राईले आफूले युरोप यात्राका क्रममा देखेका र भोगेका कुरा समेटेर पुस्तक लेखेको जानकारी दिए ।