काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठक बोलाएकी छन्। राष्ट्रपति भण्डारीले सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख नेता र पूर्व प्रधानमन्त्रीहरूलाई मङ्गलवार दिउसो चार बजेकालागि सर्वदलीय बैठकमा बोलाएकी हुन्।
राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले पूर्व प्रधानमन्त्रीहरूसहित सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई बैठकमा बोलाइएको जानकारी दिए।
‘पूर्व प्रधानमन्त्री र सङ्घीय संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरूलाई सर्वदलीय बैठकमा बोलाइएको छ,’ राष्ट्रपतिका स्वकीय सचिव अधिकारीले भने।