नयाँ दिल्ली। भारतले क्वाड मुलुकहरूलाई कोरोना भाइरस विरुद्धको चिनियाँ खोपलाई काउन्टर गर्नका लागि भारतको खोप उत्पादनमा लगानी गर्न आग्रह गरेको छ। भारतले संयुक्त राज्य अमेरिका, जापान र अस्ट्रेलियालाई आफ्नो खोप उत्पादन क्षमतामा लगानी गर्न आग्रह गरेको भारतीय सरकारी स्रोतलाई उदृध गर्दै रोयटर्सले जनाएको छ। क्वाड गठबन्धनले चीनको बढ्दो खोप कूटनीतिलाई रोक्नका लागि भारतीय खोप उत्पादन क्षमता वृद्धि गर्नका लागि लगानी गर्न आग्रह गरेका हुन्।
बेइजिङले एसियादेखि अफ्रिका, युरोप र ल्याटिन अमेरिकासम्म चीनमा उत्पादन गरेको कोरोना विरुद्धको खोप ४६३ मिलियन डोज खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
दुई वरिष्ठ भारतीय अधिकारीहरूले क्वाड अलायन्स राष्ट्रहरू संयुक्त राज्य अमेरिका, जापान, अस्ट्रेलिया र भारतले समूह बनाएर चीनको बढ्दो नरम शक्तिको प्रतिरोध गर्न विश्वव्यापी खोपको विस्तारको लागि जोड दिइरहेको जनाए। भारत, विश्वको सबैभन्दा ठुलो खोप उत्पादन मुलुक हो।
अमेरिकी राज्य विभागका प्रवक्ताले खोप उत्पादनमा भारतको लागि रकम र चीनको अनुरोधलाई उल्लेख नगरे पनि वाशिंगटनले विश्वव्यापी खोप, निर्माण र वितरणमा गहन ध्यान केन्द्रित गरेको बताए।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले फेब्रुअरी १ मा आफ्नो क्वाड समकक्षीहरूसँग कोभिड-१९ प्रतिक्रिया र पुनः प्राप्ति तथा जलवायु परिवर्तनमा सहयोग गर्ने विषयमा छलफल भएको बताएका छन्।