काठमाडौं । अमेरिकासँगको आगामी सम्बन्धबारे छलफल गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाका लागि रुसी राजदूत अनाटोली एन्टोनोभलाई स्वदेश बोलाएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनलाई पराजित गर्न रुसले भूमिका खेले पनि असफल भएको रिपोर्ट सार्वजनिक भएपछि रुसले एकाएक राजदूतलाई मस्को बोलाएको हो ।
रुसले वासिङ्टनमा रहेका आफ्ना राजदूतलाई अमेरिकासँगको ‘उल्टाउन नसकिने क्षति’ जोगाउन भन्दै वार्ताका लागि फिर्ता बोलाएको बीबीसीले लेखेको छ ।
अमेरिकासँगको सम्बन्ध ‘अँध्यारो गल्ली’ को अवस्थामा पुगेको भन्दै रुसी सरकारले एन्टोनोभलाई मस्को बोलाएको हो । यसअघि
एबीसी न्यूजसँगको एउटा अन्तर्वार्तामा अमेरिकी राष्ट्रपति बाइडेनले रुसले अमेरिकी चुनावी अभियानलाई कमजोर पार्ने प्रयास गरेको निष्कर्ष निकालेको एउटा अमेरिकी गुप्तचर प्रतिवेदनबारे प्रतिक्रिया जनाएका थिए ।
बाइडेनले त्यस क्रममा पुटिन एउटा क्षति पुर्याउने व्यक्ति अर्थात् ुकिलरु रहेको आफूलाई लागेको धारणा पुष्टि गरेका थिए ।
उक्त प्रतिवेदनमा बाइडेनलाई बदनाम गर्न र डोनाल्ड ट्रम्पलाई प्रोत्साहन गर्ने गरी थुप्रै उपायहरु अपनाएको उल्लेख छ।
मस्कोले ती आरोपहरु अस्वीकार गर्दै आएको छ ।