काठमाडौं । नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले सर्वोच्च अदालतले संविधानको अक्षरस व्याख्या गर्दै देश अग्रगमनमा आएको बताएकी छिन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकलाई पार्टीको प्रतिनिधिका रूपमा सम्बोधन गर्दै नेतृ पम्फा भुसालले सर्वोच्चले अब संविधानमाथि ‘कू’ गर्ने दुराशय राख्ने बाटोसमेत बन्द गरिदिएको बताइन ।
संविधानमाथि मात्रै होइन, लोकतन्त्र र गणतन्त्र नै समाप्त पार्ने हिसाबले प्रतिनिसिसभाको विघटन गरिएको उल्लेख गर्दै भुसालले प्रधानमन्त्री केपी ओलीबाट नैतिकताको पालना नभएको आरोप लगाइन ।
‘मैले सोचको थिए, फागुन ११ पछि नैतिकताको पालना गरिने छ। अहिले पनि जिताहाजस्तो गरेर हिंड्ने कुराले जनतामा कस्तो सन्देश जान्छ होला ? राजनीति बदनाम भएको छ’ उनले भनिन् । त्यस्तै उनले जनतको आन्दोलन र न्यायापालिकाको फैसलाले लोकतन्त्र धरापमा पार्ने कदम रोकिएको टिप्पणी गरिन्।