काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता रमेश बडाललाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरेका थिए ।
प्रधानमन्त्रीका सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौँ महानगरपालिका–७, चाबहिल निवासी अधिवक्ता रमेश बडाललाई नेपालका महान्यायाधिवक्तामा नियुक्त गरेकी हुन् ।
यसअघि राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमार्फत महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आजैदेखि लागु हुने गरी पदबाट राजीनामा दिएका थिए।
राष्ट्रपतिले खरेललाई महान्यायाधिवक्ताका हैसियतले गरेको कार्यसम्पादनप्रति धन्यवाद व्यक्त गरेकी छन् । नवनियुक्त महान्यायाधिवक्ता बडालको शपथ आइतबार हुने जनाइएको छ ।