काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले देश बनाउने भन्दा लुट्नेहरु शक्तिशाली भएको टिप्पणी गरेका छन् । सामाजिक संजाल फेसबुकमा आइतबार बिहानै मनका कुरा लेख्ने क्रममा नेता भण्डारीले ‘मुर्ख घोडा चढ्नेहरु तवेलामा लम्पसार छन्’ भन्दै थप सचेतसमेत गराएका छन् ।
उनले सकारात्मक भन्दा नकारात्मक कुरा छिटो फैलिने र नकारात्मकतातर्फ नै दर्शकको ध्यान जाने गरेकामा दुःख व्यक्त गरेका छन् । लेखेका छन्, ‘सकारात्मक भन्दा नकारात्मक सोचमा दर्शक बढ्दै छन् ।’
डा. भण्डारीले देश, समाज र संस्कृतिलाई माया गर्नेहरु अभाव र षडयन्त्रमा फसेकोसमेत बताएका छन् ।
मूर्खहरुले रँजाई गरेको र विद्वान चुप लागेकोप्रति ध्यानाकर्षण गराउँदै उनले भनेका छन्, ‘विद्वान चुपचाप छन्, मुर्खहरूको रजाइँ छ, विचार बन्दी छ, स्चार्थी गुटको घेराबन्दी छ ।’
उनले नेताहरुको पछि लागेर भोको पेटले ताली पिट्ने ती कार्यकर्ताप्रति पनि ध्यान दिँदै भनेका छन्, ‘कति ताली पिट्ने भोको पेटले ।।’