काठमाडौं । अमेरिकाको कोलोराडो राज्य स्थित एक सुपर मार्केटमा बन्दुकधारीले गोली हानी प्रहरीसहित १० जनाको हत्या गरेको छ । सोमबार दिउँसो साढे २ बजे घटनामा सन्दिग्ध व्यक्तिले सुपर मार्केटमा प्रवेश गरी गोलीबारी गरेका थिए ।
केही प्रत्यक्षदर्शीहरुले उक्त घटना लाइभ एवं युट्युबबाट प्रसारण गरेका थिए । प्रहरीले २० मिनेटपछि त्यहाँ बन्दुकधारीहरूले आक्रमण गरिरहेको र सो ठाउँमा नजान भन्दै निर्देशन दिएको थियो । पछि उक्त गोलाबारी लाइभ नगर्न समेत निर्देशन दिएको थियो ।
अहिले ती सन्दिग्ध व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । के कारण ती व्यक्तिले गोली चलाए भन्ने कुरा खुल्न सकेको छैन । घटनामा बोल्डर प्रहरीका अधिकारी एमएस हेरोल्डले ज्यान गुमाएका छन् ।
घटना जटिल रहेको भन्दै कम्तीमा ५ दिनसम्म गोलीबारीको रहस्य थाहा नहुने प्रहरीले जनाएको छ ।