दल विभाजनको गतिविधिले राजनीतिक आकाशमा कालो बादल मडारिन थालेको छ :सांसद रावल
प्रकाशित २०७७ चैत १० मंगलबार
151
Shares
काठमाडौं । नेकपा एमालेका सांसद झपटबहादुर रावलले नेपालमा दल विभाजन गर्ने गतिविधि अघि बढाएर राजनीतिक आकाशमा कालो बादल मडारिन थालेको बताएका छन् ।
प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई धन्यवाद दिंदै उनले भने, ‘दल विभाजन गर्ने गतिविधिहरु भइरहेका छन्, राजनीतिक आकाशमा कालो बादल मडारिन थालेको देखिन्छ ।’
मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै रावलले अगाडि भने,‘जनताका प्रतिनिधिहरुले प्रतिनिधि सभालाई अकालमै मृत्यु गर्न दिनेछैनन् ।’