arrow

कोषको साढे चार लाख बढी शेयर बिक्री

logo
प्रकाशित २०७७ चैत ११ बुधबार
CIT-photo.jpg

काठमाडौँ ।  नेपाल बैङ्क लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूह अन्तरगतको ४ लाख ६८ हजार ८ सय अठ्ठाईस कित्ता शेयर बिक्री गर्ने भएको छ ।

बैङ्कले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको न्यूनतम मूल्य रु. १ हजार ५ सय दुई रुपैयाँ पचास पैसा तोकिएको यस शेयरमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिने छ ।

उक्त संस्थापक शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरू वा व्यक्ति, कम्पनी, सङ्घ, संस्थाहरू योग्य रहने बैङ्कले जनाएको छ ।

इच्छुक विद्यमान संस्थापकहरू वा व्यक्ति, कम्पनी, सङ्घ, संस्थाहरूले मिति २०७७ चैत्र ३ गतेदेखि मिति २०७७ चैत्र १७ गतेसम्ममा बिक्री प्रबन्धक श्री एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा पुग्ने गरी प्रति कित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई सिलबन्दी बोलपत्र मार्फत आवेदन पेस गर्न सकिने जनाइएको छ ।

 



लोकप्रिय समाचार
नयाँ