ओली सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल भएन् : डा.भट्टराई
प्रकाशित २०७७ चैत १२ बिहिबार
199
Shares
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले ओली सरकारलाई विदागर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल नभएको जनाएका छन् ।
विहीबार विहान सामाजिक संजालमार्फत डा.भट्टराईले अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि ओली सरकार पुनःनयॅा प्रपंच गरिरहेको उनको बुझाइ छ ।
उनले लेखेका छन्,‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयॅा निर्वाचनमा जान तयार रहने हो। अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनःनयॅा प्रपंच गरिरहेको ओली सरकारलाई विदागर्न ढिलाइगर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है ।’