पार्टी शुद्धीकरण गर्न नेतृत्व परिवर्तन गर्नुपर्छ : प्रकाशमान सिंह
रासस,
प्रकाशित २०७७ चैत १२ बिहिबार
103
Shares
विराटनगर। नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले पार्टीलाई शुद्धीकरण, सुदृढीकरण र संस्थागत विकास गर्न नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन्। प्रेस युनियन मोरङ शाखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नेपाली कांग्रेसको आगामी १४औँ महाधिवेशनमा नेतृत्व परिवर्तन हुनैपर्ने बताए।
नेता सिंहले सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै सरकार आफूलाई शक्तिशाली बनाउन मात्र केन्द्रित रहेको बताए। उनले पार्टीको आगामी महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने सोच बनाई नसकेको भन्दै विधि र प्रक्रिया पूरा गरेर अघि बढ्ने जानकारी दिए।