काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू–भागहरुमा आंशिक बदलीको अवस्था रहेको छ भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार आइतबार पनि शनिबारको जस्तै मौसम धुमिल नै हुनेछ । बेलुकातिर केही सुधार हुने देखिए पनि त्यसले परिवर्तन केही पनि नहुने उनले बताइन् ।
बेलुकीतिर हावाहुरी चल्ने भए पनि त्यसले मौसममा खासै सुधार हुने छैन । सोमबार पनि अवस्था यस्तै रहने छ ।
काठमार्डौं उपत्यकाको भिजिबिलिटी जम्मा एक किलोमिटर मात्रै रहेकाले हवाइ उडान हुन सकेको छैन ।
मुलुकका ४०० भन्दा बढी स्थानका जंगलमा डढेको लागेका कारणले पनि मौसममा यस्तो असर परेको हो ।
महाशाखाले पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन–चट्टयाङ्ग सहित फाटफुट–हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
मौसमविद् पोखरेलले वर्षा हुने हो भने मौसम धुमिल हुनबाट मुक्त हुने बताइन् ।
काठमाडौं उपत्यकामा अहिले प्रदूषण उत्तिकै बढेको छ । विश्वभरमै काठमाडौं दोस्रो स्थानमा छ ।
सचेत रहेर घरभित्रै बस्न आग्रह गरिएको छ ।