arrow

सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशविरुद्ध सात उजुरी

logo
प्रकाशित २०७७ चैत १९ बिहिबार
supreme-court-news.jpeg

काठमाडौँ। प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित न्यायाधीशद्वय डा कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध सातवटा उजुरी परेको छ ।

सिंहदरबारमा बिहिवार बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय डा चुडाल र सुवेदीविरुद्ध सातवटा उजुरी परेको  जानकारी दिए । उनका अनुसार सात उजुरीमध्ये दुई उजुरी गोप्य रहेका छन् ।

न्याय परिषद्ले सर्वोच्च अदालतका लागि न्यायाधीशद्वय डा चुडाल र सुवेदीको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले उनीहरु विरुद्ध कुनै उजुरी भएमा १० दिनका लागि उजुरी आह्वान गर्न समय दिएको थियो ।

 उक्त १० दिन बिहिवार पूरा भएको छ । बैठकले उनहरुको उजुरी यही चैत २२ गते खोल्ने र उजुरीकर्ताको सुनुवाइ गर्ने समय तय गरेको छ भने यही चैत २५ गते प्रस्तावित दुवै न्यायाधीशको सुनुवाइ गर्ने तय गरेको छ ।

न्याय परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ । सोहीअनुसार डा चुडाल र सुवेदीको सुनुवाइ प्रक्रिया अगाडि बढिरहेको छ । रासस



लोकप्रिय समाचार
नयाँ