व्यवस्था बचाउनका लागि हामी सत्ता बदल्न चाहन्छौं : वरिष्ठ नेता पौडेल
प्रकाशित २०७७ चैत २१ शनिबार
138
Shares
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ७० वर्ष लामो संघर्ष पछि प्राप्त भएका उपलब्धीहरुलाई केपी शर्मा ओली नेतृत्वको सरकारले जोखिमतर्फ धकेलेको बताएका छन् ।
व्यवस्था बचाउनका लागि कांग्रेसले सरकार परिवर्तन गर्न चाहेको बताए । नेपाल शिक्षक संघको शनिबार काठमाडौंमा सुरु भएको संघीय प्रतिनिधि सभाको उदघाटन समारोहलाई सम्बोधन गर्दै उनले व्यवस्था बचाउनका लागि सरकार परिवर्तन गर्न चाहेको बताएका हुन् ।
कांग्रेसले सत्ताभन्दा व्यवस्थालाई कांग्रेसले बढी महत्व दिएको वरिष्ठ नेता पौडेलको भनाइ थियो । 'सत्ताभन्दा व्यवस्थालाई हामीले बढी महत्व दिएका छौं,' उनले भने, 'व्यवस्था बचाउनका लागि हामी सत्ता बदल्न चाहन्छौं ।'
'७० वर्षदेखि जुन प्रणाली, जुन सभ्यताका लागि हामीले कष्ट उठायौं, त्यसमाथि प्रहार भएको छ, त्यसलाई जोखिमतर्फ लगिदैछ । त्यस कारण हामीले सरकार परिवर्तन गर्छौं भनेर अठोट गरेका छौं,' वरिष्ठ नेता पौडेलले भने ।