पत्रकार महासङ्घ कास्कीमा प्रेस युनियनको प्यानल घोषणा
हरि पन्त,
प्रकाशित २०७७ चैत २१ शनिबार
118
Shares
पोखरा। नेपाल प्रेस युनियन कास्कीले विमला भण्डारीको नेतृत्वमा प्यानल घोषणा गरेको छ। नेपाल पत्रकार महासङ्घ कास्कीको आसन्न निर्वाचनका लागि प्यानल घोषणा गरेको अध्यक्ष नवीन सिग्देलले जानकारी दिए। अध्यक्षका उम्मेदवार भण्डारी महासङ्घका वर्तमान उपाध्यक्ष समेत हुन्।
यसै गरी उपाध्यक्षका लागि प्रकाशचन्द्र सापकोटा, महिला उपाध्यक्षका लागि रविना आले, सचिवका लागि कमल पौडेल अथकलाई उम्मेदवार बनाइएको अध्यक्ष सिग्देलले जानकारी दिए।
यस्तै सहसचिवमा मनोज घर्तीमगर, समावेशी सहसचिवमा रेम विक, कोषाध्यक्षमा प्रकाश ढकाललाई उम्मेदवार बनाउने निर्णय भएको बताइन्छ।
यस्तै कार्यसमिति सदस्य पदमा आदिवासी जनजातिमा पदम श्रेष्ठ, दलितमा विजय नेपाली, महिला सदस्यमा ज्योति हमाल, खुला सदस्यमा हरि पन्त, शशी पौडेल, सन्तोष सुवेदी, सन्दीप पौडेल, गणेश पहारी, सुमन गुरुङ, नीराजन अधिकारी र विजय लम्साललाई युनियनले उम्मेदवार बनाइएको छ।