‘डिपीआर नबनाइ ओलीले एकैसाथ १६५ वटा सडकको शिलान्यास गर्नु नौटंकी’
प्रकाशित २०७७ चैत २३ सोमबार
143
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एकैसाथ १६५ वटा सडकको एकसाथ शिलान्यास गरेको विषयलाई प्रतिनिधिसभाका सांसदहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।
सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मैना कुमार मैनालीले १६५ वटा सडकको शिलान्यास हुनु र मेलम्चीको पानी काठमाडौं आइपुग्नु सरकारको उपलब्धी भएको व्याख्या गरिन्।
सांसद रंगमति शाहीले तयारी नै नगरी १६५ वटा सडकमा गरिएको शिलन्यास नौटंकी रहेको बताइन्। सांसद राजेन्द्रकुमार केसीले १६५ वटा सडकको शिलान्यास भयो भन्ने सुनिएको तर ती क्षेत्रमा अझै डिपिआर नबनेको बताए।