arrow

काँग्रेसले प्रमुख तीन दलसँग छलफल गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७७ चैत २६ बिहिबार
congress-party-offfice.jpg

काठमाडौँ। नेपाली काँग्रेसले शुक्रवार प्रमुख तीन राजनीतिक दलसँग मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने भएको छ।

काँग्रेसका सभापति शेरबहादुर देउवाले भोलि शुक्रवार अपराह्न ३ बजेका लागि नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी नेपालका शीर्ष नेतालाई छलफलका लागि आमन्त्रण गरेका हुन्। नेपाली काँग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार मुलुकको समसामयिक परिस्थितिका बारेमा साझा धारणा बनाउन बैठकको आयोजना गरिएको हो।



लोकप्रिय समाचार
नयाँ