काठमाडौँ । बेलायतका राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । विगत सात दशकदेखि राजकुमार फिलिपकी पत्नी एवं बेलायतकी महारानी एलिजाबेथ द्धितियलाई सघाउँदै आएका फिलिपको शुक्रवार निधन भएको हो ।
बकिंघम प्यालेसको एक वक्तव्यमा रानीले दु:खका साथ उनका प्रिय पतिको मृत्युको घोषणा गरेकी छन् ।
बेलायतको राजपरिवारमा सबैभन्दा कठिनतापूर्वक काम गर्ने फिलिपले सन् १९४७ मा एलिजावेथसँग विवाह गरेका थिए । सन् २०१७ मा ९६ वर्षको उमेरमा उनले राजपरिवारको जिम्मेवारीबाट अवकाश लिएका थिए ।