भारतमा जन्मिए अर्का अर्बपति, दैनिक ४.८ अर्बले बढ्छ सम्पत्ति
आइएनएन,
प्रकाशित २०७७ चैत २७ शुक्रबार
398
Shares
काठमाडौँ । विश्वका अर्बपतिहरुको सूचीमा अदानी समूहका अध्यक्ष गौतम अदानी पनि थपिएका छन् । भारतीयको उद्योगीहरूमा उनले अर्को इतिहास बनाएका छन्।
फोर्ब्सको रियल टाइम विलेनर्स सूचीका अनुसार गौतम अदानी अहिले ६१.३ अर्ब डलर बराबरको सम्पत्ति बनाउन सफल भएर विश्वका २० औँ सबैभन्दा धनी व्यक्ति भएको छन् ।
फोर्ब्सको सूचीका अनुसार ६ अप्रिल २०२१ मा गौतम अदानीको कुल सम्पत्ति ६१.३ अर्ब डलर पुगेको छ । यो एक दिनमा ४.८ अर्ब डलर अर्थात् ८.५८ प्रतिशतले उनको सम्पत्ति वृद्धि भएको छ ।
भारतीय शेयर बजारमा अदानी ग्रुपका कम्पनीको शेयर लगातार बढिरहेको छ । गौतम अदानीले पनि यसबाट फाइदा लिइरहेका छन्।
स्टकमा भएको वृद्धिका कारण गौतम अदानीको नेट वर्थ रकेटको गतिमा द्रुत बढेको छ ।