काठमाडौं । शनिवारदेखि शुरु हुने त्रिकोणात्मक क्रिकेट श्रृखंलाका लागि नेपाली पुरुष राष्ट्रिय टोलीको घोषणा भएको छ। ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्य टोलीको घोषणा भएको हो।
नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक श्रृंखला त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा वैशाख ४ गते देखि सञ्चालन हुँदैछ। नेपालले पहिलो खेल नेदरल्याण्ड्ससँग खेल्ने छ।