आइपिएलमा कोरोनाको प्रभाव : खेलाडीले छोड्न थाले सिजन
एएफपी,
प्रकाशित २०७८ वैशाख १३ सोमबार
450
Shares
नयाँ दिल्ली । भारतीय क्रिकेटर हस्ती रवीचन्द्रन आश्विनले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको चालू सिजनबाट बाहिरिने घोषणा गरेका छन् ।
परिवारका सदस्यहरू कोभिड-१९ को सङ्क्रमणको चपेटामा परेको अवस्थामा उनीहरूलाई साथ सहयोग दिनुपर्ने जनाउँदै आश्विनले सिजनका बाँकी खेल नखेल्ने बताएका हुन् । स्पिनर आश्विनले यस पटक दिल्ली क्यापिटल्सबाट खेल्दै छन् ।
आश्विनले गरेको ट्विटमा “अहिलेको कठिन अवस्थामा मैले परिवारलाई मद्दत गर्नु मेरो प्रमुख जिम्मेदारी हो” भनेका छन्।
भारतमा कोरोनाभाइरसको महामारी तीव्र रूपमा फैलिएको अवस्थामा आइपिएल खेलाउनु ठिक नरहेको भन्दै आलोचना पनि हुन थालेको छ । दिल्ली क्यापिटल सले आश्विनको निर्णयप्रति समर्थन जनाएको छ ।
यसैबिच, रोयल च्यालेन्जर्स बैंगलोरमा अनुबन्धित केन रिचर्डसन र एडम जाम्पाले पनि कोभिड-१९ को सङ्क्रमणको कारण देखाउँदै चालू लिगमा सहभागिता नजनाउने भन्दै स्वदेश फर्किएका छन् ।