arrow

काठमाडौँका यी ठाउँमा दोस्रो डोज खोप लगाइँदै (सूचना सहित)

logo
हाम्रा कुरा
प्रकाशित २०७८ वैशाख २ बिहिबार
corona-vaccine-bhaktapur.jpg

काठमाडौँ । पहिलो चरणको कोभिड १९ विरुद्धको खोप अभियानमा खोप लगाएकाहरूलाई दोस्रो डोज (मात्रा) लगाउन स्वास्थ्य कार्यालय काठमाडौँले आग्रह गरेको छ ।

माघ १४ गतेदेखि फागुन १० गतेसम्म स्वास्थ्यकर्मी, पत्रकार, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतले कोरोना भाइरसविरुद्धको खोप लगाएका थिए ।

यो पहिलो चरणमा खोप लगाएकाहरूलाई वैशाख ७ गतेदेखि वैशाख ११ गतेसम्म दोस्रो डोज खोप लगाउन बागमती प्रदेश सरकार अन्तर्गत स्वास्थ्य कार्यालय काठमाडौँले सूचना जारी गर्दै आग्रह गरेको हो ।

काठमाडौँका विभिन्न १९ केन्द्रमा बिहान १० बजेदेखि ४ बजेभित्र सम्मा खोप लगाइने छ ।



लोकप्रिय समाचार
नयाँ